Friday, October 10, 2025

पूर्वानुमान महाशाखाद्वारा काठमाडौंसहित २० जिल्लामा‘रेड अलर्ट’जारी:-

ताजा / भरखरै प्राप्त

पूर्वानुमान महाशाखाले आज (शनिबार) बिहान काठमाडौंसहित मुलुकका २० जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको छ ।
महाशाखाले काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सुनसरी, उदयपुर, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, मकवानपुर, चितवन, इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, रसुवा, नुवाकोट, धादिङ, गोरखा र आसपासका जिल्लाहरूमा बाढीको अति उच्च जोखिमको सम्भावना देखिएको जनाउँदै रेड अलर्ट जारी गरेको जनाएको छ ।
यस्तै, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, रुपन्देही, कपिलवस्तु र आसपासका जिल्लामा पनि आज बाढीको उच्च जोखिम देखिएको बाढी महाशाखाले जनाएको छ ।
यसैगरी बाढी महाशाखाले आज कास्की, लमजुङ, पर्वत, स्याङ्जा, तनहुँ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, दाङ, बाँके, बर्दिया र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाव पनि उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहेको जनाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles