Thursday, October 9, 2025

सिडिओ र सुरक्षा प्रमुख २४ घण्टा कार्यालयमै बस्न गृहको निर्देशन:-

ताजा / भरखरै प्राप्त

लगातार परेको वर्षासँगै बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै गृह मन्त्रालयले प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र सुरक्षा निकायका प्रमुखहरुलाई २४ सै घण्टा कार्यालयमै उपलब्ध रहन निर्देशन दिएको जनाइएको छ ।

मन्त्रालयले सबै जिल्लाका सिडिओहरुलाई पठाएको पत्रमा विपद् व्यवस्थापनमा पूर्ण रूपमा जुट्न आह्वान पनि गरिएको जनाइएको छ । साथै राजमार्गमा रोकिएका सवारीसाधनहरुलाई सडक र मौसमको अवस्थाअनुसार सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याउन सहजीकरण गर्न पनि भनिएको छ।

यात्रुहरूलाई आवश्यक परेमा स्थानीय तह तथा संघसंस्थासँग समन्वय गरेर खानपानको व्यवस्था गर्न पनि निर्देशन गरिएको जनाइएको छ । त्यस्तै, राजमार्गमा रोकिएका एम्बुलेन्सहरुलाई सहज आवागमन गर्न सहयोग गर्न र गर्भवती महिला अलपत्र परेको अवस्थामा नजिकको बर्थिङ सेन्टरसम्म पुर्‍याउने व्यवस्था मिलाउन आग्रह पनि गरिएको छ।

गृह मन्त्रालयले जोखिमपूर्ण स्थानमा बसोबास गर्ने परिवारहरुलाई स्थानीय पालिकासँग समन्वय गरी विद्यालय वा खुला स्थानमा अस्थायी रूपमा सुरक्षित स्थानान्तरण गर्न पनि निर्देशन दिएको जनाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles