Thursday, October 9, 2025

पर्सा जिल्लासहित आसपासका जिल्लाहरु जलमग्न:-

ताजा / भरखरै प्राप्त

मधेस प्रदेशमा पर्ने पर्सा जिल्लामा निरन्तर परिरहेको वर्षाका कारण पर्सा जिल्लाका बिरगंज महानगरपालिकासहित बारा, राैतहट, धनुषा, महोत्तरी, सिरहा, सप्तरी र सर्लाहीका विभिन्न क्षेत्रमा जलमग्न अवस्था सिर्जना भएको देखिन्छ ।

गए रातिदेखि लगातार वर्षा भएपछि बिरगंजका मुख्य सडक, बजार क्षेत्र र बस्तीहरूमा पानी जमेको देखिन्छ । बिरगंजको चोक, चौक आसपासका ठाउँहरूमा घरभित्र समेत पानी पसेको स्थानीयवासीहरूले बताएका छन् ।

पर्सासंगै बारा, राैतहट,महोत्तरी र सिरहा, सप्तरीका नदीनालाहरू पनि उफ्रिएका छन्। स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह पनि गरेको छ । विद्यालयहरूमा पठनपाठन प्रभावित भएकै छ, भने सवारीसाधन सञ्चालनमा पनि कठिनाइ भएको देखिन्छ ।

जलमग्न क्षेत्रका बासिन्दाहरूले तत्काल राहत र निकास प्रणाली सुधारका लागि सरकार र स्थानीय तहहरुसँग माग पनि गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles