Thursday, October 9, 2025

राजधानीमा ‘सानुभाइ’ नामले परिचित गुण्डा नाइके युवराज गुरुङलाई प्रहरीले पुनः

ताजा / भरखरै प्राप्त

पक्राउ गरेको छ। उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले पक्राउ गरेको परिसरका प्रवक्ता पवन भट्टराईले जानकारी दिएका छन्।
गुरुङमाथि धाकधम्की र असुलीको आरोपमा प्रहरीले पक्राउ गरेको हो। उनी विगतमा पनि पटक–पटक पक्राउ परेका र फेरि छुट्ने क्रम दोहोर्याउँदै आएका व्यक्ति हुन् ।
सन् २०८० सालको असार महिनामा उनले ठमेलस्थित क्लब ओम्नियाका सञ्चालकलाई कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। त्यसबेला प्रहरीले उनलाई हत्कडीसहित ठमेल बजार परिक्रमा गराउँदै सार्वजनिक रूपमै प्रदर्शन गरेको थियो। प्रहरी अधिकारीहरूले गुण्डागर्दीमा संलग्नहरूलाई ‘सबक’ सिकाउने उद्देश्यले यस्तो कदम चालिएको बताएका थिए।
त्यसपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अभद्र व्यवहारको कसुरमा उनलाई १० हजार रुपैयाँ धरौटीमा रिहा गरेको थियो। तर, त्यसपछि पनि गुरुङ पुनः कुटपिट र असुलीमा संलग्न भएको भन्दै पटक–पटक पक्राउ र रिहा भइरहेका छन्।
प्रहरी रेकर्डअनुसार, युवराज गुरुङ कुनै समय चर्चित गुण्डा नाइके कुमार घैंटेको समूहमा सक्रिय थिए। घैंटे २०७२ भदौ ३ मा प्रहरी मुठभेडमा मारिएपछि गुरुङले ‘बुलेट प्रुफ ज्याकेट’ लगाएर हिँड्ने गरेको उल्लेख छ।
२५ पुस २०७२ मा उनलाई नुवाकोटबाट २८ बोर रिभल्वर र एउटा गोलीसहित पक्राउ गरिएको थियो। त्यसबेला प्रहरीले गुरुङले लगाएको बुलेट प्रुफ ज्याकेट पनि बरामद गरेको थियो। यस्तै, २०६७ सालमा उनले गोंगबुस्थित मिलन लामामाथि धारिलो हतियार प्रहार गरेको घटनामा संलग्न रहेको रेकर्ड छ।
२०७६ सालमा बैंकिङ कसूरका आरोपमा दरबारमार्ग प्रहरी वृत्तमा मुद्दा चलेको थियो भने २०७७ साल कात्तिक २६ गते उनले ताज भन्ने भीम गुरुङलाई पेस्तोल देखाएर कुटपिट गरेको आरोपमा फेरि पक्राउ परेका थिए।
हाल उनलाई काठमाडौं प्रहरी परिसरले अनुसन्धानका लागि हिरासतमा राखेको जनाएको छ ।सभार।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles