



इलाममा भीषण पहिरोका कारण ३७ जनाको मृत्यु: भएको छ, भने कैयौं बे’पत्ता भएका छन् , ।
अविरल वर्षापछि इलाममा आएको भीषण पहिरोमा परी मृत्यु हुनेको संख्या ३७ पुगेको छ । शनिबार राति गएको पहिरोले एकै परिवारका ६ जनासहित ठूला जनधनको क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
कोशी प्रदेश प्रहरीका प्रवक्ता प्रहरी बरिस्ठ उपरीक्षक (एसएसपी) दीपक पोखरेलका अनुसार, पहिरोपीडितहरूका उद्धार कार्य निरन्तर जारी रहेको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय स्वयंसेवकहरू उद्धारमा खटिएका छन् । उनले भने, “सडक अवरुद्ध भएकाले उद्धार टोली घटनास्थल पुग्न र राहत सामग्री पठाउन कठिनाइ भइरहेको जनाएका छन् , तर हेलिकप्टरमार्फत उद्धार जारी रहेको बताएका छन् ।”
घटनास्थल माईजोगमाई नगरपालिका, सूर्योदय नगरपालिका र माङसेवुङ गाउँपालिका क्षेत्रमा पर्ने विकट भूभागमा रहेको छ, जहाँ लगातारको वर्षाका कारण सडक र संचार सेवा दुवै प्रभावित बनेका छन् । प्रहरीका अनुसार धेरै व्यक्ति अझै सम्पर्कविहीन रहेको छन् ।
नेपाली सेनाको हेलिकप्टरमार्फत घाइतेहरूलाई सुरक्षित स्थानमा सार्ने र राहत सामग्री पुर्याउने काम भइरहेको जनाएका छन् । स्थानीय प्रशासनले जनतालाई उच्च सतर्कता अपनाउन अनुरोध पनि गरिरहेको छ ।
पहिरोका कारण मेची राजमार्गका धेरै सडक खण्ड अवरुद्ध रहेका छन् , जसले पूर्वी पहाडी यातायात सम्पर्क पूर्ण रूपमा रोकिएको बताइएको छ ।
स्थानीयवासीहरूका अनुसार वर्षासँगै आएको पहिरोले घर, खेतबारी र सडकसमेत बगाएको बताएका छन् । अधिकारीहरूले यो घटना पछिल्ला वर्षहरूकै सबैभन्दा ठूलो विपद् हुनसक्ने बताएका छन् ।