

आम जनता पार्टीले बाराको विश्रामपुर गाउँपालिकामा बाढीबाट डुबानमा परेकालाई राहतको उपलब्ध गराउने सरकारसंग माग गरेको छ।
आम जनता पार्टीको अध्यक्ष प्रभु साहको बिशेष उपस्थितिमा आज विश्रामपुर गाउँपालिकाको बरैनियामा भेटघाट तथा अंतरक्रिया कार्यक्रम सम्पन्न भएकोछ । कार्यक्रमले अविरल वर्षाका कारण बाढी, पहिरो, डुबान र कटानबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै क्षतिग्रस्त संरचना तुरुन्त निर्माण गर्न तथा पीड़ित परिवारलाई आवश्यक क्षतिपुर्तिको ब्यवस्था गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएको जनाइएको छ ।