रौतहट जिल्लाको लाल बकैया नदीको किनारमा खेल्ने क्रममा एक जना बालकको पानीमा डुबेर मृत्यु भएको स्थानीयले बताउँछन् ।
राैतहटको राजपुर नगरपालिका–८ बलुवा निवासी गनउर मियँका छोरा अर्वाज मियाको आज दिउँसो खोलामा डुबेर मृत्यु भएको छ।
स्थानीय स्रोतका अनुसार अर्वाज आफ्नै गाउँको नयाँ मदरसा नजिक रहेको लाल बकैयाको खोलामा साथीहरुसँग खेल्ने क्रममा पानीमा डुबेका थिए ।
केही बेरपछि उनको शव खोलाबाट स्थानीयले फेला पारेका छन् ।
घटनास्थलमा प्रहरी पुगेर आवश्यक कारबाही थालिएको जनाइएको छ। बालकको मृत्युबारे थप विवरण आउन बाँकी ।