Thursday, October 9, 2025

राैतहटमा दुई बालबालिका नुहाउने क्रममा बेपत्ता:-

ताजा / भरखरै प्राप्त

राैतहट जिल्लाको कर्कचमा नुहाउने क्रममा दुई बालिका बेपत्ता भएका छन् । बाढीको पानीमा नुहाउने क्रममा बेपत्ता भएकी शिवधारी रामकि ११ वर्षिया छोरी अन्तिमा राम र रामदेयाल रामकी १२ वर्षिया छोरी आर्ती राम पानीमा नुहाउने क्रममा बेपत्ता भएको स्थानीयले बताउँछन् । आज बिहान ९:३० बजेको समयमा गाउँको पश्मि क्षेत्रमा बाख्रा चराउन गएका यी बालिकाहरु समुहमा पोखरीमा नुहाउने क्रममा यी दुई बालिका बेपत्ता भएको स्थानीयहरु बताएका छन् । हाल घटना स्थलमा ईलाका प्रहरी कार्यालय देवाही गोनाहीका नेपाल प्रहरी र शस्त्र प्रहरीको टोलि सामुहिक रूपमा खोजी कार्य गरिरहेका छन् । साथै सो गाउँका स्थानीय युवाहरू समेत खोजतलास कार्यमा जुटेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles