सुदन गुरुङको कार्यक्रममा हुलदंगा गर्ने एमालेका कार्यकर्ता लामालाई प्रहरीले पक्राउ गरेको छ ।
रिपोर्टर्स क्लब नेपालमा सुदन गुरुङको सेप्टेम्बर १४ को पत्रकार सम्मेलनमा हुलदंगा गर्ने एमाले कार्यकर्ता प्रेम लामा पक्राउ परेका छन् । काठमाडौं मनोहराबासी लामा जेन–जी आन्दोलनपछि भदौ २५ गते आर्मी मुख्यालयमा पनि लफडाबाजीमा संलग्न भएका थिए । जेन–जी समूहले उनको पहिचान एमाले कार्यकर्ता भनेर सार्वजनिक गरेको थियो। क्लब परिसरमा घुसपैठ गरी हातपातसमेत गरेको आरोप लागेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यो घटनाले जेन–जी आन्दोलन र राजनीतिक हुलदंगाबीचको सम्बन्धमा थप विवाद र सुरक्षा चिन्ता बढाएको बताइएको छ ।