Thursday, October 9, 2025

धनुषाधाममा ब्राउन सुगरसहित दुई जना पक्राउ:-

ताजा / भरखरै प्राप्त

धनुषा जिल्ला को गणेशमान चारनाथ नगरपालिका-७ पोर्ताहास्थित पूर्व-पश्चिम राजमार्गबाट ब्राउन सुगर (खैरो हिरोईन) सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ पर्नेमा सिरहाको मिर्चेया नगरपालिका-७ बस्ने वर्ष २४ का निरजन यादव र सप्तरीको राजविराज नगरपालिका-९ बस्ने वर्ष ३१ का रोहनकुमार सिंह रहेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार सोमबार दिउँसोको समयमा विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चेक प्वाइन्ट खडा गरी जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको छ ।

प्रहरी निरीक्षक यादवका अनुसार, बा.प्र.०३-००३ प २०८७ नम्बरको मोटरसाइकलमा पूर्वबाट पश्चिमतर्फ आइरहेका निरजन यादव र रोहन कुमार सिंहलाई रोकेर सोधपुछ गर्न खोज्दा मोटरसाइकलको पछाडि सवार निरजन यादव भाग्ने क्रममा अन्दाजी १५० फिट पश्चिममा ३७.०९ ग्राम खैरो हिरोईन कालो प्लास्टिकको पोकामा झाडीमा फालेका थिए । प्रहरीले सो पोका संकलन गरी दुवै जनालाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक यादवले जानकारी दिएका छन् ।
पक्राउ परेका निरजन र रोहनलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि सम्मानित धनुषा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबरको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles