

पर्सा प्रहरीले ‘खुनी दरिन्दे समूह’का मुख्य योजनाकार अंशु गिरी भारतबाट पक्राउ गरेको छ । पर्सा जिल्लाको महानगरमा दशैँ को मेलामा भएका एक चर्चित हत्या घटनामा संलग्न ‘खुनी दरिन्दे समूह’का मुख्य योजनाकारलाई पर्साका प्रहरीले भारतबाट पक्राउ गरी कानुनी कारबाहीका लागि नेपाल ल्याएको पर्साका प्रहरीले जनाएको छ । पर्सा प्रहरीका अनुसार पक्राउ परेका व्यक्ति पर्साको पकहाँ मैनपुर गाउँपालिका–१ धोरेका अन्दाजी १६ वर्षीय अंशु गिरी रहेको छन् । पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकको नेतृत्वमा सञ्चालन गरिएको विशेष अपरेसनअन्तर्गत भारतमा लुकेर बसेका गिरीलाई हिजो मंगलबार साँझ नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रमुखले जानकारी दिएको हो।
असोज १४ गते, राति वीरगंजको गीता मन्दिरमा लागिरहेको दशैँ को मेलामा भएको युवक हत्या प्रकरणमा उनी मुख्य योजनाकारको रूपमा संलग्न रहेको अनुसन्धानबाट खुलेको पर्सा प्रहरीले बताउँछन् ।
दशैँ मेलाको रातमै भएको विभत्स हत्या
असोज १४ गते राति करिब ११:३० बजे वीरगंज महानगरपालिका–१० गीता मन्दिर रोडमा दुई समूहबीच भएको झडपका क्रममा बारा, परवानीपुर गाउँपालिका–९ स्थायी घर भई वीरगंज–१० मा बस्दै आएका २० वर्षीय गोल्डेन भनिने शिवम कुमार साह कानुको कुटपिटबाट मृत्यु भएको थियो,घटनापछि पर्सा प्रहरीको विशेष टोली खटिएर अनुसन्धान सुरु गरेको थिए । खुनी दरिन्दे समूह’को रहस्योद्घाटन
प्रहरी अनुसन्धानका क्रममा यो घटना ‘खुनी दरिन्दे समूह (ग्याङ)’ नामक ह्वाट्स एप ग्रुपसँग सम्बन्धित रहेको र सो ग्रुपमार्फत आपसी घमण्ड र प्रतिशोधका कारण युवाहरू एक अर्कासँग भिड्दै यस्तो जघन्य अपराधमा संलग्न भएको बताइन्छ । पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी)पाठकले असोज १६ गते आयोजित पत्रकार सम्मेलनमा उक्त समूहका पाँच जना सदस्यलाई पक्राउ गरिएको जानकारी पनि दिएका थिए । ती मध्ये पर्साका वीरगंज महानगरपालिका–२४ रामगढवाका १९ वर्षीय गौतम पटेल, २० वर्षीय सुभांकर चौरसिया, २२ वर्षीय अमिरी पटेल उर्फ करण प्रसाद पटेल, २४ वर्षीय चन्दन चौरसिया र १९ वर्षीय अमन पटवा पक्राउ परेका छन् ।
यो घटनाको मुख्य योजनाकार अंशु गिरी भने घटना भएपछि भारत तर्फ फरार भएका थिए” पर्सा प्रहरीको टोलीले भारतीय सुरक्षाका निकायसँग सहकार्य गर्दै उनलाई भारतमा लुकेर बसेको अवस्थामा पर्साका प्रहरीले गिरीलाई नियन्त्रणमा लिइएको जनाएको छ ।
गिरी, १६ वर्षको उमेरमै अपराधतर्फ आकर्षण कसरी भए
१६ वर्षका अंशु गिरी पक्राउ परेपछि पर्साका प्रहरीले किशोर उमेरमै अपराधमा संलग्न हुने प्रवृत्ति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरेको छ।
सामाजिक सञ्जाल, विशेषगरी ह्वाट्स एप र फेसबुक समूहहरू मार्फत युवाहरू अपराधतर्फ संगठित हुँदै गएको पर्सा प्रहरीले बताउँछन् ।
एसपी पाठकका अनुसार “इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोगले युवाहरूमा नकारात्मक प्रभाव पारेको बताएका छन्। प्रहरीले यस विषयमा अभिभावक र विद्यालयहरूसँग सहकार्य गर्दै सचेतनामूलक कार्यक्रम पनि अघि बढाउने तयारी गरेको जनाएको छ।”
अपराध नियन्त्रणमा अन्तरदेशीय सहकार्यको उदाहरण
भारतमा लुकेका अभियुक्तलाई पक्राउ गर्न नेपाली र भारतीय सुरक्षाकर्मीबीच भएको समन्वयले दुबै देशबीचको सीमा–सुरक्षा सहकार्य अझ सुदृढ बनेको बताइएको छ । अझै केही फरार अभियुक्त खोजीमा
पर्सा प्रहरीले घटनामा संलग्न अन्य केही व्यक्तिहरूको पनि पहिचान गरिसकेको र उनीहरूलाई पनि पक्राउ गर्न खोजी जारी रहेको पर्साका प्रहरीले बताउँछन् ।
पर्सा प्रहरी प्रमुखका अनुसार घटनामा संलग्न सबै व्यक्तिलाई कानुनी दायरामा ल्याएर पीडित परिवारलाई न्याय दिलाइने बताएका छन् ।