केडिया आखा अस्पतालद्वारा पर्सा जिल्लाको छिपहरमाई गापा-५ भिस्वामा ४६ जनाको निःशुल्क आँखा परीक्षण गरेको जनाइएको छ । विश्व दृष्टि दिवसको अवसरमा केडिया आखा अस्पताल परवानिपुरले निशुल्क आखा शिबिरको आयोजना गरेको जनाइएको छ । पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वडा नं ५ भिस्वामा रहेको आफ्नो केडिया आखा उपचार केन्द्र भिस्वामा आखा शिबिर कार्यक्रम सम्पन्न गरेको छ।
निशुल्क आखा शिबिरमा नेपाल प्रहरी ,सशस्त्र प्रहरी ,जनप्रतिनिधि ,र स्थानियहरुले शिबिर बाट लाभ लिएको जनाइएको छ । शिबिरमा केडिया आखा अस्पतालको डाक्टर संतोष कुमार साह ,बरुण तिवारीले निशुल्क आखा शिबिरमा ४६ जनाको आखा चेकजाँच गरि निशुल्क चसमा र औषधी बितरण गर्नु भएका छन् ।
निशुल्क आखा शिबिरमा डाक्टर संतोष साहले चेकजाँचको क्रममा जटिल समस्या भएका रोगी हरुलाई केडिया आखा अस्पताल परवानिपुरमा गई उपचार गराउदा विशेष छुट दिने डाक्टर साहले बताएका छन् ।