Thursday, October 9, 2025

विश्वदृष्टि दिवसका अवसरमा केडियाद्वारा आखा परिक्षण कार्यक्रम:-

ताजा / भरखरै प्राप्त

विश्व दृष्टि दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय पर्सा र राम कुमार महावीर प्रसाद केडिया आँखा अस्पताल वीरगञ्जको संयुक्त आयोजनामा निःशुल्क आँखा परीक्षण शिविर कार्यक्रम सम्पन्न भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका सभा हलमा समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आयोजितमा आखा शिविर कार्यक्रममा १८५ जना नेपाल प्रहरीका कर्मचारीहरूले आँखा परीक्षण गराएका छन् ।
केडिया आँखा अस्पतालका अधिकृत कौशल कुमार कर्ण, सहायक अधिकृत सन्तोष ठाकुर, सहायक अधिकृत आशा साह र अस्पताल व्यवस्थापन शाखाका प्रकाश कुमार वर्माको टोलीहरुले आखा परीक्षण कार्यक्रम सम्पन्न गरेका छन् ।
शिविरमार्फत १०२ जनालाई चश्मा वितरण गरिएको, र ११३ जनालाई औषधि वितरण पनि गरिएको छ,तथा १ जनामा मोतियाबिन्दु र १ जनामा उच्च पावरको समस्या पाइएको अस्पतालका डा,ले बताउँछन् ।
आखा शिविर कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी)सुदीप राज पाठक, र प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्साल, तथा अन्य प्रहरी अधिकारी र प्रहरी कर्मचारी गरी १८५ जनाको उपस्थिति रहेको जनाइएको छ । यस् कार्यक्रमले प्रहरी कर्मचारीहरूको स्वास्थ्य सचेतना र दृष्टि संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles