Sunday, November 23, 2025

बाँके प्रहरीद्वारा १३ लाखसहित १४ जना जुवाडे पक्राउ:-

ताजा / भरखरै प्राप्त

बाँकेका प्रहरीले जुवा अपरेसन गरेको छ,
नेता र वरिष्ठ सईसहित १४ जना जुवा खेलनेलाई पक्राउ गरेको छ, १३ लाख भन्दा बढी रकम पनि प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेको कमाण्ड एसपी अङ्गुर जिसीले सम्हालेसँगै जुवाडे तथा तस्करहरू विरुद्ध को अपरेसन सञ्चालन गरे पश्चात् धमाधम जोवाडे र तस्करहरू पक्राउ गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीको टोलीले जुवा खेल्दै गरेको अवस्थामा वरिष्ठ सईसहित १४ जनालाई पक्राउ गरेको प्रहरीले बताइएको छ । पक्राउ परेका वरिष्ठ सई. शाही कर्णाली प्रदेश संघीय प्रहरी कार्यालयमा कार्यरत रहेका छन् ।
पक्राउ पर्नेमा नेपालगन्ज ४ का पूर्ववडाध्यक्ष मो. सफिफ बेहना पनि रहेका छन् ।
त्यसैगरी जुवाको खालबाट पक्राउ पर्नेमा विज्ञान श्रेष्ठ, गणेश बस्नेत, सेताज अन्सारी, ऋषि गुप्ता, तरूण गौतम, विनोद खड्का, संगम शाह, मधुसुदन दाहाल, मेघराज गौतम, भागिरथ यादव, नन्दलाल यादव र सुमन केसीसहित १४ जना पक्राउ परेका छन् ।
उनीहरूको साथबाट १३ लाख ६३ हजार ८ सय रुपैयाँ र १० गड्डी तास बराम गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धान थालिएको बाँकेका प्रहरी प्रमुखले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles