Thursday, February 26, 2026

बारा जिल्लाका मुसहर्वा नाकाबाट तस्करी व्यापक:-

ताजा / भरखरै प्राप्त

कलैया । बाराकाे मुसहर्वा नाकाबाट केही दिन देखि रातिको समयमा तस्करी व्यापक भैरहेको छ । जेनजी आन्दोलन पछि बनेको चुनावी सरकारकाे ध्यान दैनिक प्रशासन चलाउन मात्रै सिमित रहेको अवस्थामा तराईका नाकाहरुबाट तस्करी धन्दा व्यापक भैरहेको छ । त्यसको अवसर छाेपेर अहिले बाराकाे मुसहर्वा नाकाबाट नेपालबाट मकै,अकरोट,लहसुन,किस्मीस, तस्करी व्यापक भैरहेको छ, र भारतबाट बदाम,हल्दि,जीरा,काजु, पटका,कुखुराको दाना,सुखेको मर्चा, भैसीलगायतका तस्कर भएका छन् । तस्करीकाे लाइन पाउनेमा चार जना मुख्य छन् । उनीहरुलाई तस्करीको लाइन दिए बापत बिओपी स्थानीय प्रहरीले रकम लिने गरेको समेत खुलेको छ ।
बाराका तस्करीको बारेमा प्रदेश सशस्त्रका मुख्यालमा प्रदेश प्रहरीका देखि जिल्ला प्रहरी प्रमुखलाई समेत जानकारी दिएको भए पनि नराेकिएकाे बाराका स्थानीयहरुले बताउँछन् । बाराको तस्करीका बारेमा सशस्त्र प्रहरीका हेडक्वाटर काठमाडौं र प्रहरीको उजुरी छानबिन शाखा काठमाडौं समेतमा उजुरी परेको हाम्रो समाचार स्रोत बताउँछ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles