लागु औषध ब्राउन सुगर जस्तो देखिने बस्तु मोटरसाइकल र दुई जना मानिससहित नियन्त्रणमा लिएको पर्साका प्रहरीले जानकारी दिएको छ ।
पर्सा जिल्लाको पटेर्वा सुगौली- ५ निचुटा ,गौरीशंकर मंदिर नजिक रहेको आँपको बगौचा स्थितमा इलाका प्रहरी कार्यालय पटेरवाबाट खटिएको प्रहरीको टोलिले निचुटा बाट महादेवट्टि तर्फ जादै गरेको मोटरसाइकल नम्बर प्र.०३-०३५प ३०३७ को मो.सा चालक जिल्ला पर्साका धोबिनि गाउँपालिका २ भिखमपुर टोल बस्ने वर्ष २० को भुलन कुमार साह र सोहि मोटरसाइकलमा सवार पछाडी बस्ने जिल्ला पर्साका पटेर्वा सुगौली गाउँपालिका – ५ निचुटा बस्ने वर्ष २४ को पितम्बर साह लाई रोकि चेक जाँच गर्दा लागु औषध ब्राउन सुगर जस्तो देखिने बस्तु र थान २ मोबाईल सहित र दुई जना मानिस तथा मोटरसाइकललाई नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि यस.का.मा. ल्याई प्रहरीले नाप तौल गर्दा १ ग्राम १९० मिलिग्राम रहेको ,अन्य अनुसन्धान कार्य भईरहेको पटेर्वा सुगाैलीका प्रहरी निरीक्षक थापाले जानकारी दिएका छन् ।


