



पर्सा जिल्लाको बीरगंज महानगरपालिकाका छपकैयाको भकुवा मन्दिर नाकाबाट सशस्त्र प्रहरीले तस्करीका कपडा बरामद गरेको छ । सशस्त्र प्रहरीको टोलीले अवैध रूपमा भन्सार छलि गरी भारतको रक्सौल बाट बीरगंज तर्फ ल्याउने लागेको शुट, सटिङ तथा कुर्ताको कपडा नियन्त्रणमा लिएको छ । तस्करीका कपडा नियन्त्रणमा लिने क्रममा तस्करहरूसँग झडप हुँदा सशस्त्र प्रहरीका हवलदार गोपाल बहादुर श्रेष्ठ सामान्य घाइते भएको सशस्त्र प्रहरी पर्साले जनाएको छ ।


