
मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले उत्कृष्ट सेवा, समर्पण र जिम्मेवारीका साथ कार्य सम्पादन गरेको भन्दै प्रहरी निरीक्षक निकिता कुमारी मिश्रलाई प्रशंसा पत्र प्रदान गरेको छ।
प्रहरी निरीक्षक मिश्रले शान्ति सुरक्षाको प्रवर्द्धन, अपराध नियन्त्रण, महिला र बालबालिकाको संरक्षण, तथा प्रहरी–नागरिक सम्बन्ध सुधारमा उल्लेखनीय योगदान पुर्याउँदै आएकी छिन् ।
उनको नेतृत्वमा स्थानीय प्रहरी टोलीले सेवा चुस्त, जनमुखी र विश्वासिलो बनाउँदै आएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ।
मधेस प्रदेश प्रहरी कार्यालयको प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उमा प्रसाद चतुर्वेदीद्वारा हस्ताक्षरित प्रशंसा पत्रमा मिश्रको कार्यलाई “उत्कृष्ट, अनुकरणीय र प्रेरणादायी” भन्दै सम्मान गरिएको जनाइएको छ ।
प्रशंसा पत्र प्राप्त गरेपछि, प्रहरी निरीक्षक मिश्रले यो सम्मान सम्पूर्ण प्रहरी संगठनको हो भन्दै आगामी दिनमा झन् जिम्मेवार र सेवामुखी भएर काम गर्ने प्रतिवद्धता जनाएकी छन् ।