

अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु पुष्टि गर्दै उनको शव फिर्ता गर्ने तयारी गरेको छ। इजरायली सेनाका अनुसार, रेडक्रसको टोली विपिनसहित चार बन्धकको शव लिन गाजा गइरहेको छ ।
हमासले आज सार्वजनिक गरेको सूचीमा विपिन जोशी, गाय इलोज, योसी साराबी र डेनियल पेरेट्जका शव इजरायललाई हस्तान्तरण गरिने उल्लेख रहेको छ ।
बीबीसीका अनुसार, रेडक्रस टोलीमार्फत शव फिर्ता प्रक्रिया सोमबार भित्रै सम्पन्न गर्ने तयारी भइरहेको छ।
विपिन जोशी २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि अपहरणमा परेका २५१ जनामध्ये एक रहेको थिए ।
उनको अवस्थाबारे लामो समयदेखि अनिश्चितता रहेको थियो । इजरायली सेनाले आइतबार बिहान विपिन जीवित नरहेको जानकारी राजदूतावास र परिवारलाई जानकारी गरएकि थियो ।
यसअघि हमासले युद्धविराम सम्झौताअनुसार २० जना जीवित बन्धकहरू रेडक्रसमार्फत इजरायली सेनाको जिम्मा लगाइसकेको थियो ।
सम्झौताअनुसार, हमासले २० जीवित र २८ मृत बन्धकहरू फिर्ता गर्नुपर्ने सहमति भएको बीबीसीले जनाएको छ।
इजरायल र हमासबीचको युद्धविराम सम्झौता अमेरिकाको मध्यस्थतामा इजिप्टको कायरोमा सम्पन्न वार्तापछि भएको हो।
इजरायली सेनाका प्रवक्ताले भनेका छन्, “हमासले गाजाबाट फिर्ता गर्न लागेको शवहरूमध्ये चार जनामा नेपाली विद्यार्थी विपिन जोशी पनि रहेको छन् ।
विपिनको निधन खबरपछि नेपालमा उनको परिवार शोकामा डुबेका छन् ।
उनका दाजु किशोर जोशीले भनेका छन्, “हामीले आशा मारेका थिएनौं, तर अब वास्तविकता स्वीकार गर्नुपर्छ । हामी सरकार र अन्तर्राष्ट्रिय संस्थाप्रति आभारी छौं, विपिन सन् २०२३ मा “लर्न एन्ड अर्न” कार्यक्रम अन्तर्गत इजरायल गएका थिए।
नेपाल सरकारले विपिनको अवशेष फिर्ता ल्याउने प्रक्रिया छिटो अघि बढाइने जनाएको छ ।