Thursday, February 26, 2026

भन्सार छलीएको छोकडा सशस्त्र प्रहरी पर्साद्वारा छापामारी गरि बरामद:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी बल नेपाल पर्सा र बीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–६ मिना बजार नजिक साईराम इम्पेक्सको गोदाममा छापा मारेको छ।
छापामारीका क्रममा भन्सार छली चोरी पैठारी गरी ल्याएर भण्डारण गरीएर राखिएको गदामबाट सशस्त्र प्रहरी पर्साले छोकडा बरामद गरेको सशस्त्र प्रहरी पर्साले जनाएको छ ।
सशस्त्र प्रहरीले बरामद गरेको छोकडा एक लाख ८७ हजार ५०० को रहेको सशस्त्र प्रहरी पर्साले जानकारी दिएका छन् ।
सशस्त्र प्रहरी बल पर्सा, प्रस्तावित सिमा सुरक्षा गुल्म बीरगञ्जका (डिएसपी )पुरुषोत्तम भण्डारीको कमाण्डमा खटिएकोटोली र बीरगञ्ज भन्सार कार्यालयका कर्मचारी सञ्जीव पराजुलीको नेतृत्वका टोलीले संयुक्त रूपमा छापामारी गरेको हो ।
बरामद गरिएको छोकडा आवश्यक कारबाहीका लागि पर्साका वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बलका डिएसपीले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles