
गोदावरीको फुल प्रदर्शनी कात्तिक २ गतेसम्म काठमाडौंको जवलाखेलमा चल्ने भएको जनाइएको छ । गोदावरी फूलको १८औं प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ। फ्लोरीकल्चर एसोसिएसन नेपालको आयोजनामा जावलाखेल खेल मैदानमा बुधबारदेखि प्रदर्शनी गरिएको हो।
प्रदर्शनीमा करिब ९० वटा स्टल छन् । ४५० भन्दा बढी प्रकारका फूल र विरुवा प्रदर्शनीमा राखिउको एसोसिएसनले जनाएको छ। कात्तिक २ गतेसम्म चल्ने प्रदर्शनी करिब ४० हजारले अवलोलन गर्ने र १ करोड ३० लाख रुपैयाँको कारोबार हुने एसोसिएसनको अनुमान रहेको छ ।