

इलाका प्रहरी कार्यालय अमलेखगंज बाराबाट प्र.ब.ना.नि.धन प्रसाद श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला बारा जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.२१ अमलेखगंज स्थित रहेको प्रहरी कार्यालय अगाडी चेक प्वाईन्टमा जिल्ला रौतहट ईशनाथ न.पा.वडा नं.०९ बस्ने अं.वर्ष २१ को नवल साहले रौतहटबाट चितवन तर्फ ना २१ प ८४१७ को होण्डा युनिर्कण मोटरसाइकलमा लोड गरी लैजादै गरेको अं.मुल्य रू.५१,०००/- (एकाउन हजार) बराबरको १ बोरा बिभिन्न किसिमका पटाका बरामद गरी मो.सा.समेत नियन्त्रणमा लिई आवश्यक कानुनी प्रकृया अगाडी बढाईएको बाराका प्रहरीले जनाएको छ ।