प्रहरी प्रधान कार्यालयले मधेस प्रदेशका दुई जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी)हरुको परिवर्तन गरेको छ ।
प्रधान कार्यालयले आज बिहीबार मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) रुगम कुँवरलाई धनुषा प्रहरी प्रमुख र एसपी रविन कार्कीलाई रौतहट प्रहरी प्रमुखको जिम्मेवारीमा खटाएको जनाइएको छ ।
रौतहट प्रहरी प्रमुख एसपी नेत्रमणि गिरी र धनुषा प्रहरी प्रमुख एसपी नरहरि रेग्मीलाई फिर्ता बोलाइएको प्रवक्ता डीआईजी विनोद घिमिरेले बताएका छन् ।
उनका अनुसार गृह मन्त्रालयमा कार्यरत एसपी मुकुन्द रिजाललाई बागमती प्रदेश प्रहरी कार्यालयमा र एसपी विश्वराज खड्कालाई मानव बेचबिखन अनुसन्धान ब्युरोमा सरुवा गरिएको जनाइएको छ ।