




सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ओम बहादुर रानाले जिल्ला प्रहरी कार्यालय कैलालीको कार्यालय भवन, सम्पुर्ण शाखाहरु, ब्यारेक, मेस, क्वाटर गार्ड तथा हिरासत कक्षको निरीक्षण गर्नु भई जिल्लाको समग्र वस्तु स्थितिको बारेमा जानकारी लिनुका साथै जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी कर्मचारीहरुलाई भन्सार छली नियन्त्रण, सेवा ग्राही सँग नम्र र भद्र ब्यबहार, सभ्य भाषाको प्रयोग, राज्यको प्रमुख अंग नेपाल प्रहरी भएकोले उच्च मनोबलका साथ चौविसै घण्टा खटिई काम गर्न समेत निर्देशन दिनु भएको छ ।