नेपाल प्रहरीको ७० औं प्रहरी दिवसको अवसरमा आज शुक्रवार आयोजना गरिएको विशेष कार्यक्रममा चार जना सञ्चारकर्मीहरु सम्मानित भएका छन् ।
कान्तिपुर टेलिभिजन बाराका संवाददाता रमेश ठाकुर, गोरखापत्र दैनिकका बारा संवाददाता शिवशंकर मिश्र, नया पत्रीका बारा संवाददाता इन्दिप कोइराला र रातोपाटी बारा संवाददाता शारदा पोखरेललाई बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले कदरपत्रसहित सम्मान गर्नु भएका छन् ।