
भोजपुरी फिल्मका सुपरस्टार तथा लोकप्रिय गायक खेसारी लाल यादव अब राजनितीक क्षेत्रमा प्रवेश गरेका छन् ।
राष्ट्रिय जनता दल (आरजेडी) ले उनलाई बिहार विधानसभा चुनावमा छपरा निर्वाचन क्षेत्रबाट आफ्नो उम्मेदवार घोषणा गरेको छ ।
उनको चुनावी मैदानमा प्रवेशको खबरले सिनेमा र राजनीति दुवैमा हलचल मच्चाएको बताइएको छ ।
खेसारी लाल यादव आफैंले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा यो घोषणा गरे। उनले लेखे, “म, तपाईंको छोरा र भाइ, खेसारी लाल यादव, यस पटक छपरा विधानसभा चुनाव लड्दै छु। म परम्परागत नेता होइन; म जनताको छोरा, खेतको छोरा, समाजको हरेक वर्गको आवाज र युवा भाइहरूको उत्साह हुँ। भनेका छन् ।”