Saturday, October 18, 2025

पर्सागढी नगरपालिका पाँचका वडा अध्यक्षमाथि जानमार्ने मुद्दादर्ता:-

ताजा / भरखरै प्राप्त

पर्सागढी नगरपालिकाको वडा नम्बर पाँचको वडा अध्यक्ष सहित पाँच जनलाई पक्राउ पुर्जी जारी भएको छ, वडा अध्यक्ष नितेश मिश्रा र त्यहि ब्यक्ति भने चुनु मिश्रा रहेको बताइन्छ ।
हालको समयमा वडा अध्यक्ष फरार रहेका छन् ” र प्रहरीको खिजी कार्य जारी रहेको पर्सा प्रहरीले जनाइएको छ।

पर्सा जिल्लाको पर्सागढी-५ का वडा अध्यक्षसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी, बुवा पक्राउ – अध्यक्ष फरार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साले पर्सागढी नगरपालिका–५ का वडा अध्यक्ष नितेश मिश्र (चुनु मिश्र) सहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको पर्सा प्रहरीले जनाएको छ।
पर्सा जिल्ला अदालत वीरगञ्जबाट पक्राउ पुर्जी जारी गर्न अनुमति प्राप्त भएपछि पर्सा प्रहरीले सोही अनुसार पक्राउ प्रक्रिया अघि बढाएको जनाएका छन् । मञ्जीव मिश्रद्वारा दर्ता गरिएको ‘ज्यान मार्ने उद्योग मुद्दा’ का आधारमा वादी नेपाल सरकार र प्रतिवादी बृजकिशोर मिश्रा सहित अन्य व्यक्तिहरूमाथि अनुसन्धान भइरहेको पर्साका प्रहरीले जानकारी दिएका छन् ।
उक्त जाहेरीका उल्लेख अनुसार अनुसन्धानको क्रममा प्रमाणहरू लोप हुन सक्ने र अभियुक्तहरू फरार हुने सम्भावना देखिएकाले अदालतमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९(३) बमोजिम पक्राउ अनुमति मागिएको थियो।अदालतले अनुमति दिएपछि पर्सा प्रहरीले पक्राउ प्रक्रिया अघि बढाएको र वडा अध्यक्ष नितेश मिश्र हालसम्म फरार रहेको जनाइको छ। प्रहरीका अनुसार उनलाई पक्राउ गर्न खोजी कार्य जारी नै रहेको बताउँछन् ।उनका बुवा चन्द्रमा मिश्रलाई नियन्त्रणमा लिई पर्सा अदालतमा पेश गरी ३ दिनको म्याद थप गरिएको प्रहरीले पर्सा प्रहरीले जनाएको छ । पक्राउ पुर्जी जारी भएकाहरूको विवरणः
१. बृजकिशोर मिश्र (५०), पर्सागढी–५, बहुअर्वा टोल
२. रविरंजन मिश्र (पिन्टु) (३०), सोही ठेगाना
३. नितेश मिश्र (चुनु मिश्र) (३५), सोही ठेगाना – वडा अध्यक्ष
४. राकेश मिश्र (३८), सोही ठेगाना
५. रुपेश मिश्र (३४), सोही ठेगाना
६. चन्द्रमा मिश्र (६५), सोही ठेगाना
प्रहरीका अनुसार हालसम्म वडा अध्यक्ष नितेश मिश्र फरार रहेका छन् ,भने अन्य अभियुक्तहरूलाई प्रहरीको खोजी कार्य जारीरहेको पर्साका प्रहरीले बताउँछन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles