धनुषाको जनकपुरधाम । जनकपुरको जानकी मन्दिर पछाडि प्रहरीले हिजो दिउँसो गोली चलाएको छ ।अवैध चाँदी रहेको सूचना पाएपछि सुनचाँदी व्यापारीको पसलमा छापा मार्न गएको प्रहरी टोलीले गोली चलाएको हो ।धनुषा जिल्ला प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) गणेश बमले अवैध चाँदी बरामद गर्न पुगेको टोलीमाथि सुन चाँदी व्यवसायीहरुले घेरा हालेर अवरोध गरेकाले त्यहाँबाट प्रहरी उम्किन दुई राउण्ड हवाई फायर गरिएको धनुषाका प्रहरीले बताएका छन् ।