Thursday, October 23, 2025

सशस्त्र प्रहरी बाराद्वारा लाखौंको तस्करीका अवैध समान बरामद:-

ताजा / भरखरै प्राप्त

बारा जिल्लाका सिमा नाकमा रोकिएन तस्करी ।
बारा जिल्लाको मुसहर्वा छतवा, मटिअर्वा, पिपरपाती, तीन गछिया, बेलदारी, बेनााैली नाकाबाट रोकिएन तस्करी ।
स्थानीय सुरक्षाकर्मीहरुको मिलोमतोमा तस्करी सुरु छन् ।
प्रहरी चाैकी मुसहर्वा. र बिओपी. छतवाबाट तस्करीका लाइन दिएको समान बाराका सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) खुम बहादुर केसीको नेतृत्वमा लाखौंको चिनी, अवैध कपडा, र किराना सामान मोटरसाइकलसहित पक्राउ गरेको सशस्त्र प्रहरी बाराले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण,हे.कवा. बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसीको निर्देशनमा तस्करी रोक थाम गर्न सिमा क्षेत्रमा रहेको बिओपी, र मटिअर्वा गुल्म, हरुलाई बारम्बार निर्देश दिएपनी तस्करी रोकिएको छैन, के कारणले होला ? ६ महिनामा प्रहरी चैकीका र बिओपी,का, प्रमुखहरु परिवर्तन हुन्छन् , तर त्याहा रहेको जवान र हवलदार दर्जाका सरुवा हुदैनन् किनभने जो कोही इन्चारज आयो भने तस्करलाई चिन्ने र तस्करहरुसंग उठबस गर्ने चाहियो , कार्यालय प्रमुखहरु ६ महिनामा सरुवा हुने गरेका छन् , घुमुवाहरुको दुई वर्ष सम्म सरुवा हुदैन ।
कुनै कारण बसले घुमुवाहरु कहिले जिल्ला प्रहरीको, हे. क्वाटर वा सशस्त्रका गणमा तानिएको छन् भने एक महिना वा दुई महिना भित्रमा पुनः पुरानो ठाउमा फर्केर आउदो रहेको छन् । तस्करीका रकम खान पल्केका छन् । बारा जिल्लाका विभिन्न नाकाबाट तस्करी सुरु छन् । बाराका तस्करी हुने अहिलेको मेन नाकाहरु मटिअर्वा, छतवा, मुसहर्वा, बलिरामपुर, कवही, बेलदारी, पिपरपातीबाट तस्करी व्यापक । बाराका तस्करीमा सहयोग पुर्‍याउने गरेको तस्कर समुहका एक जनाले बताएको छ । बारामा रहेको असई. अजय पटेल, सहायक हवलदार राम कुमार पटेल, र हवलदार गेनालाल पटेल बारामा बर्सो वर्षो देखि घुमुवाको काम गरिरहेका छन् ।

नेपाल–भारत सिमानाकामा सुरक्षाकर्मीको मिलेमतोमा अवैध कारोबार फस्टाउँदै गएको स्थानीयले बताउँछन् । बारा जिल्लाको दक्षिणी सीमाक्षेत्र मुसहरवा–छतवा बरईनिया नाकाबाट दुवै देशबीच वस्तुको अवैध कारोबार (तस्करी) व्यापक रूपमा भइरहेको तथ्य उजागर भएको छ । स्थानीय स्रोत र सिमानाक्षेत्रका व्यापारीका अनुसार दैनिक राति को समयमा दर्जनौँ ट्र्याक्टर र पिकअप गाडीमार्फत विभिन्न खाद्यान्न तथा उपभोग्य वस्तुहरूको अवैध ओसारपसार भइरहेको स्थानीयले बताउँछन् ।

नेपालतर्फबाट मकै, अकरोट, लसुन, सेव, किसमिसलगायतका वस्तुहरू ठूलो मात्रामा भारततर्फ लैजाने गरिएको छ । त्यसैगरी भारततर्फबाट बदाम, हल्दी, जीरा, काजु, पटका, कुखुराको दाना, सुख्खा मर्चा, र सामग्री नेपालतर्फ तस्करी हुने गरेको स्रोत बताउँछ ।

स्थानीयहरूका अनुसार यस कार्यमा चार जना मुख्य तस्करको नियन्त्रण रहेको छ, जसले दैनिक रूपमा सवारी साधन परिचालन गरी रातभरि मालसामान ओसारपसार गराउने गरेका छन् । उनीहरूले प्रहरी र सशस्त्र सीमा सुरक्षा बलबीचको मिलेमतोमा तस्करीको ‘लाइन’ सञ्चालन गरिरहेका छन् भन्ने आरोप छ ।
स्रोतका अनुसार बीओपी (सशस्त्र सीमा छतवा प्रहरी चौकी) छतवा बरईनिया र प्रहरी चौकी मुसहरवा–बलिरामपुरबीचको सहकार्यमा तस्करी सहज रूपमा चलिरहेको छ । मुसहर्वा प्रहरी चौकीका असई. अजय पटेल र हवल्दार गेनालालले स्थानीय व्यापारी र तस्करहरूसँग सेटिङ मिलाएर तस्करीलाई संरक्षण दिएको आरोप लागेको छ । उनी यसअघि लामो समयसम्म बारा जिल्लामा हवल्दारका रूपमा रहँदा घुमुवा (सूचना संकलनकर्ता) को काम गर्दै आएका थिए । असई.अजय पटेल र
हवल्दार गेनालाल पटेल पर्साका केही ट्रान्सपोर्ट व्यवसायीहरुसँग मिलेर रकमको कारोबार गरेका छन् । असई.अजय पटेल, सहायक हवलदार राम कुमार पटेल, र हवलदार गेनालाल पटेलले बारा र पर्साका तस्करहरु संग सेटिङग मिलाउने काम गरेको स्रोतले जनाएको छ । असई. अजय पटेल प्रहरी चाैकि मुसहर्वामा छन् , गेनालाल पटेल, पथलैयामा, छन् , भने रामकुमार पटेल प्रहरी चाैकी मटिअर्वामा रहेका छन् , इ तीनैजना घुमुवाको काम गरिरहेका छन् । हाजिरी एकातिर र काम अर्को तिर गरिरहेका छन् ।

बारा जिल्लाको सेमरौनगढ, मटिअर्वा, छतवा, बरैनिया र बलिरामपुरसम्म तस्करीको सञ्जाल सञ्चालन गरिरहेको समाचार स्रोतले जनाएको छ ।
यस तस्करी सञ्जालको समन्वय तथा घुमुवाहरुको संरक्षण बारा जिल्लामा कार्यरत वरिष्ठ सई. अरुण यादवले गरिरहेको आरोप पनि स्थानीयवासीहरूले लगाएका छन् । यादव बारा जिल्लाको ‘घुमुवा कमान्डर’ का रूपमा परिचित रहेका छन् , र उनीसँग तस्करी समूहको प्रत्यक्ष सम्बन्ध रहेको शंका व्यक्त गरिएको छ । सीमाक्षेत्रमा हुने यस्तो अवैध कारोबारका कारण सरकारी राजस्व घाटा बढ्नुका साथै स्थानीय उत्पादनमा असर परेको छ। तर, सम्बन्धित निकायले यस्ता गतिविधि नियन्त्रणका लागि ठोस पहल नगरेको स्थानीयवासीहरुको गुनासो रहेको छ ।
बाराको छतवा मुसहर्वा नाकाबाट रातिको समयमा तस्करी गरेर बदनाम भए पछि, तस्कर गिराेहले दिनको समयमा बाराकाे नाकाबाट तस्करी गर्न शुरू गरेको खबर प्राप्त भएको छ । बाराका प्रायः सबै नाकाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई मिलाएर तस्करी गर्ने गिराेह अहिले बाराका छतवा मुसहर्वा नाकाबाट समेत तस्करी गरिरहेकाे छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी दुबै संगठनका स्थानीय प्रमुखहरुलाई मासिक रकम दिने गरि तस्करीकाे लाइन लिएको समेत खुलेको छ । नेपालबाट कस्मेटिक,मकै,अकरोट,सेव,लहसुन लगायत, र भारतबाट बदाम,जीरा,काजु,कुखुरको दाना, कुखराको चल्ला मरेका माछा एवं फूलकाे तस्करी यो नाकाबाट तस्कर गिराेहले ठूलो मात्रामा गरिरहेकाे छ ।
तस्कर समूहले भारतकाट माेटर साइकलमा सीमाबाट मरेका माछा, र फूल ल्याउने अनि सीमाबाट पिकअपमा हालेर अन्यत्र पठाउने ठूलो तस्करीकाे सिन्डिकेट चलाएको स्थानीयले बताउँछन् ।

सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबास महोत्तरी ।
मधेस प्रदेशका आठ वटा जिल्लामा सशस्त्र प्रहरी बलका ५८ बिओपी र १३ प्रस्तावित गुल्म भए पनि मधेस प्रदेशभरिमा तस्करी नियन्त्रण प्रभावकारी हुन सकेको छैन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles