राैतहट जिल्लाको रामपुर खापका स्थानीयहरूले तस्करीको सामान समातेर प्रहरीलाई बुझाएका छन् ।
रौतहट जिल्लाको परोहा नगरपालिका–अन्तर्गत रामपुर खापका स्थानीयहरूले भारत–नेपाल सीमाबाट ल्याइँदै गरेको तस्करीको सामान नियन्त्रणमा लिएर नेपाल प्रहरीले बुझाएको स्थानीयले बताएका छन्।
स्रोतका अनुसार, हिजो सशस्त्र प्रहरीले एक तस्करको सामान नियन्त्रणमा लिएर जिल्ला भन्सार कार्यालयमा बुझाएको थियो। त्यसपछि सो तस्करलाई छुटाउन स्थानीय राजनीतिक कार्यकर्ताहरूले दबाब दिएको बताइएको छ ।
सशस्त्र प्रहरीले त्यसमा सहयोग नगरेपछि आज पुनः भारत–नेपाल सीमाबाट तस्करी प्रयास भएको थियो। स्थानीयहरूले ती सामान समातेर प्रहरीलाई बुझाएका हो ।यस घटनापछि केही समूहहरूले नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि दबाब सिर्जना गर्दै परोहा नगरपालिका क्षेत्रका पाँचवटा नाका बन्द गर्ने स्थानीयहरुले चेतावनी पनि दिएका छन् ।


