Friday, October 24, 2025

पर्साका भिस्वामा छठ घाटको सरसफाइ र सजावट ९०%सम्पन्न:-

ताजा / भरखरै प्राप्त

पर्सा जिल्लाका छिपहरमाई गाउँपालिका वडा नम्बर ५
पोखरीको सरसफाइ सजावट ९०% भई सकेको जनाइएको छ ।
तिहार-दीपावलीको समापन भएसँगै तराई-मधेसमा महापर्व छठ को धमाधम तयारी सुरु गरिएको जनाइएको छ । सूर्य उदय र छठी माताको आराधनाका रूपमा मनाइने छठ पर्वको अवसरमा तराईमा पोखरी, नदी र तलाउहरूमा पूजाका लागि सरसफाइ, घाट निर्माण र सजावटको काम तीव्र गतिमा अघि बढाइएको छ । जलाशयमै अर्घ्य र व्रत अनुष्ठान सम्पन्न गर्ने परम्परा भएकाले देशको विभिन्न छठघाटहरूमा माटो सम्याउने, बाँस–काठको संरचना तयार पार्ने, बाटो मर्मत गर्ने र रंगोलीसहित आकर्षक बत्ती तथा पण्डाल निर्माणको काम गरिन्छ ।
पर्सा जिल्लाका गाउँ-गाउँमा स्थानीय युवाहरू, स्वयंसेवक र समुदायका सक्रिय सहभागितामा पोखरी तथा नदी किनारमा रहेको छठघाट निर्माण, पण्डाल सजावट र बिजुलीको प्रकाश व्यवस्थापन भई रहेको छ ।
यो पर्व चार दिनसम्म चल्ने छठ पर्व शुद्धता, संयम र आस्थाको प्रतीक मानिन्छ । व्रती महिलाहरूले पानीमा उभिएर अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा रहेको छ । ब्रतालुहरू उपवास, स्नान, डुबुल्की र सूर्य आराधनाका कठोर नियमहरू पालना गर्दै पूजा अर्चना गर्छन् ।
छठ पर्व कार्तिक शुक्ल पक्षको चतुर्थी तिथिदेखि सुरु भएर पारणको बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै सम्पन्न हुन्छ ।
यस वर्ष छठ पर्व कार्तिक १० र ११ गते मनाइने भएको जनाइएको छ ।
छठ पुजा चार चरणमा हुने, परम्पराहरु पहिलो दिन ‘नहाय–खाय’, दोस्रो दिन ‘खरना’, तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य र अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी पर्व समाप्त गर्ने घार्मिक परम्परा रहेको छ ।
दीपावली सकिएलगत्तै बजारहरूमा पूजन सामग्री, फलफूल, कपडा, भाँडाकुडा, तेल, मसला र खाद्यान्न खरिद गर्न उपभोक्ताको भीड बढेको छ ।
मधेस-प्रदेशका जिल्लाहरुको शहरदेखि गाउँ-गाउँसम्म छठको माहोलले उत्सवमय बनेको देखिएको छ । बजारहरूमा चहलपहल, र छठघाटहरूमा सरसफाइ तथा सजावट, भईरहेको जनाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles