Friday, October 24, 2025

महाेत्तरी १६ नम्बर पिल्लर गाैराभेदपुबाट तस्करी:-

ताजा / भरखरै प्राप्त

गाैशाला । महाेत्तरीकाे सीमावर्ती क्षेत्र १६ नम्बर पिल्लर गाैरा भेदपुर नाकाबाट व्यापक तस्करी भैरहेको छ । हिजो बिहीबार तिहारकाे टीकाकाे दिन यो नाकाबाट ठूलो मात्रामा कपडा , हार्डवेयर , चप्पल , किराना लगायतका सामानकाे तस्करी गरेर शंकर मन्दिर पश्चिम पछाडि राामपुकार मण्डल र राउतकाे घरमा थुपारिएकाे थियो । तस्करी गरेर थुपारिएकाे सामानकाे बारेमा स्थानीय केही जेनजी युवाहरूले नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुबै एसपीहरूलाई मात्रै फाेन गरेर जानकारी मात्रै दिएका थिएनन् कि रघुनाथपुर स्थित सशस्त्र प्रहरी बलको गुल्मका डिएसपी बिरेन्द्र खनाललाई समेत जानकारी गराएका थिए । तर नेपाल प्रहरी र सशस्त्र प्रहरीका एसपीले पक्राउ गरेनन् । उल्टाे सशस्त्रको रघुनाथपुरका डिएसपी बिरेन्द्र खनालले सामान पक्राउ गर्नुकाे सट्टा सामान राखिएको ठाउँमा आएर पनि बरामद गरेनन् । जबकि उनी तस्करहरूले सामान थुपारेकाे ठाउँमा पुगेर पनि त्याहाबाट बरामद नगरी फर्के । ती तस्करीका सामान २० वटा बाइकमा गाैशला सम्म पुर्याउने काम तस्करहरूले गरे । सशस्त्र प्रहरी बलको मधेस बाहिनीबाट एसपीकाे कमान्डमा घुमुवा टाेली परिचालन गरिएको छ । ती घुमुवाहरूकाे नै यी तस्करहरूसंग नजिककाे मिलिभगत रहेको स्थानीय बताउँछन् । कारवाहीकाे लागि बाहिनी तानिएका बदनाम अहिले फेरि बाहिनीबाट घुमुवाकाे रूपमा परिचालित छन् । नव जनप्रहारबाट ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles