
विश्वका विभिन्न द्वन्द्वरत राष्ट्रहरूमा स्थापना गरिएका संयुक्त राष्ट्रसंघका १० वटा शान्ति मिसनमा हाल नेपाली शान्ति सैनिक तैनाथ रहेको छन् । तीमध्ये ५३८ महिला सहित कुल ५,८१९ जना नेपाली सैनिक विभिन्न देशमा शान्ति स्थापना कार्यम रहेको छ ।
संख्या केही घट्दै गए पनि नेपाली शान्ति सैनिकले आफ्नो साहस, अनुशासन र व्यावसायिकताका कारण विश्वमै ‘च्याम्पियन पीसकीपर’ का रूपमा प्रतिष्ठा कायम राख्न सफल भएका छन् ।


