Tuesday, October 28, 2025

भारतको बिहार राज्यमा हुन लागेको विधानसभाको निर्वाचनलाई लक्षित गर्दै भारतीय सुरक्षा अधिकारीहरूले नेपालको कमजोर सुरक्षा व्यवस्थाप्रति गम्भीर चासो व्यक्त गरेका छन्।

ताजा / भरखरै प्राप्त

जेन–जी आन्दोलनका क्रममा सुरक्षा निकायबाट लुटिएका हतियार र जेलबाट फरार भएका अपराधीहरू अझै नियन्त्रणमा नआएको भन्दै भारतले नेपालको सुरक्षालाई असन्तोषजनक बताएको हो।

भारतीय अधिकारीहरूले नेपालबाट हुने अनियन्त्रित आवतजावत र अपराधीहरूको गतिविधिले बिहारको चुनावी वातावरण प्रभावित हुन सक्ने आशंका व्यक्त गरेका छन्। उनीहरूले नेपालसँग सीमा क्षेत्र कडाइ गर्न, गस्ती र निगरानी बढाउन आग्रह गरेका छन्। हालै बिहारमा नेपालका पाँच प्रदेशका सशस्त्र प्रहरी डिआइजीहरूलाई बोलाई भारतको गृह मन्त्रालयले सीमा सुरक्षाबारे छलफल गरेको थियो।

नेपालका सशस्त्र प्रहरी अधिकारीहरूले भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँगको सहकार्यलाई सकारात्मक बताउँदै अपराध नियन्त्रणमा सहयोग गर्ने आश्वासन दिएका छन्। भारततर्फ चुनाव नजिकिँदै गर्दा दुवै देशका सुरक्षा निकायहरूबीच सीमा क्षेत्रमा सतर्कता, पेट्रोलिङ र सूचना सञ्जाल मजबुत पार्ने काम तीव्र बनाइएको छ ।
Loktantra Nepal !

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles