नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले राजीनामा दिएका छन् । घरायसी समस्या देखाउँदै उनले प्रहरी प्रधान कार्यालय काठमाडौंमा राजीनामा पेस गरेका छन् । २०५८, साल साउन महिना १८, गते प्रहरी निरीक्षक (इन्स्पेक्टर)पदमा नेपाल प्रहरीको सेवा प्रवेश गरेका रानाभाट यसैवर्ष एसएसपीमा बढुवा भएका थिए । उनी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत रहेका छन् ।
राजीनामा स्वीकृतिका लागी आईजीपीले निर्णय गरेर गृह मन्त्रालयमा पठाउनुपर्ने कानुनी व्यवस्था छ । त्यसपछि गृह मन्त्रालयले स्वीकृत गर्नुपर्ने परम्परा रहेको छ ।


