




नेपाल लाइफ इन्स्योरेन्स बीरगंज शाखामा मिश्राको बिदाई र यादवको सम्मान समारोह सम्पन्न नुर आलम सिमाना सनदेश साप्ताहिक बीरगंज, कात्तिक १२ – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीरगंज शाखामा एक औपचारिक कार्यक्रमका बीच शाखा प्रबन्धक चिरञ्जीवी मिश्राको बिदाई तथा नयाँ शाखा प्रबन्धक रोशन यादवको स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीरगंज शाखा समितिका अध्यक्ष कमरुल मियाँले गर्नुभएको थियो। उक्त अवसरमा मधेस प्रदेशका उपाध्यक्ष चन्दन चौरसिया विशेष अतिथिको रूपमा उपस्थित रहनु भएको थियो।
कार्यक्रममा उपस्थित सबै एजेन्सी म्यानेजर तथा अभिकर्ताहरूले मिश्रालाई मायाको चिनो, फूलमाला र मधेसको शानको प्रतीक गम्छा ओढाई सम्मानपूर्वक बिदाई गरे। उपस्थित वक्ताहरूले मिश्राको कार्यकालमा शाखाले गरेको प्रगति, ग्राहक सेवामा सुधार र अभिकर्ता नेटवर्कको विस्तारप्रति प्रशंसा व्यक्त गर्दै उहाँको योगदानलाई अविस्मरणीय भएको बताएका थिए।
त्यसैगरी नयाँ शाखा प्रबन्धकका रूपमा जिम्मेवारी सम्हाल्नुभएका रोशन यादवलाई पनि सहभागीहरूले हार्दिक स्वागत गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे।
कार्यक्रममा शाखा समितिका सहसचिव नुर आलम, कोषाध्यक्ष राजकली सराफ, साथै बीरगंज शाखाका सबै अभिकर्ता तथा एजेन्सी म्यानेजरहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
बिदाई तथा सम्मान कार्यक्रममा आपसी सहयोग, पेशागत एकता र ग्राहक सेवामा अझ प्रभावकारी भूमिका निर्वाह गर्न सबैले प्रतिवद्धता व्यक्त गरेका थिए।


