Thursday, October 30, 2025

गैरहाजिर १५ प्रहरीमाथि कारबाहीको चेतावनी:

ताजा / भरखरै प्राप्त

प्रहरी प्रधान कार्यालयले लामो समयदेखि गैरहाजिर रहेका १५ जना प्रहरी कर्मचारीलाई एक साताभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।
प्रधान कार्यालयको कानुन शाखाले जारी गरेको सूचनामा दुई जना प्रहरी हबलदारसहित १५ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा नआएमा सेवाबाट हटाइने चेतावनी दिएको हो ।
सूचनाअनुसार गैरहाजिर हुनेमध्ये २ जना हबलदार, २ जना सहायक हबलदार, १ जना कार्यालय सहयोगी र बाँकी सबै प्रहरी जवान छन् । उनीहरू लामो समयदेखि कुनै जानकारीबिना ड्युटीमा उपस्थित नभएका कारण प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गरेको जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles