Thursday, October 30, 2025

नेता आलमको स्वास्थ्य अवस्थामा गम्भीर भेन्टिलेटरमा उपचार हुदै:-

ताजा / भरखरै प्राप्त

नेपाली कांग्रेसका नेता अफताब आलमको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । मुटुमा समस्या देखिएपछि मंगलबार उनलाई काठमाडौँ मेडिकल कलेजमा भर्ना गरिएको हो । अस्पताल स्रोतका अनुसार आलम हाल भेन्टिलेटरमा छन् ।
उच्च अदालत वीरगञ्जले गत जेठमा ज्यान मुद्दामा सफाइ दिएपछि कारागारमुक्त भएका आलम केही समयदेखि स्वास्थ्य समस्याबाट पीडित रहेको थिए ।

नक्खु कारागारबाट छुटे लगत्तै उनलाई ब्रेन स्ट्रोक भएको थियो र त्यसबेला माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गरिएको थियो ।
अहिले पुनः स्वास्थ्य समस्या गम्भीर बनेपछि उनलाई आपतकालीन रूपमा अस्पताल भर्ना गरिएको जनाइएको हो । चिकित्सकहरूले आलमको मुटु, मिर्गौला र मस्तिष्कसम्बन्धी समस्या एकसाथ देखिएको र उनको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको बताएका छन् ।रौतहट क्षेत्रका प्रभावशाली नेता आलममाथि २०६४ सालको निर्वाचनको तयारीकै क्रममा बम विस्फोटमा घाइते भएका व्यक्तिहरूलाई जिउँदै इट्टाभट्टामा जलाएको भनेर गम्भीर
आरोप लागेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles