Saturday, November 1, 2025

फेरी भेटाैला कार्यक्रममा प्रहरी निरीक्षक निकिता मिश्राको बिदाइ:-

ताजा / भरखरै प्राप्त

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक निकिता मिश्राज्यूको बिदाई, कार्यक्रम सम्पन्न भएको छ ।

धनुषा जिल्लामा कार्यरत रहँदै उत्कृष्ट पेशागत दक्षता, इमानदारी र सेवाभावका साथ आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेकी मिश्रालाई सहकर्मी, वरिष्ठ अधिकारी तथा स्थानीय सरोकारवालाहरूले सम्मानपूर्वक बिदाई गरेका छन् ।

बिदाइ कार्यक्रममा बोल्दै निरीक्षक मिश्राले भनिन जिल्ला प्रहरी कार्यालय धनुषामा बिताएका हरेक पलहरू मेरो जीवनका अमूल्य अनुभवका रूपमा रहने छ, यस कार्यालयमा हाजिर भएको, तर आज निस्कँदा महसुस भयो समय कति छिटो बितेको छ । यहाँका मानिसहरू, सहयोग र माया सदैव सम्झनामा रहनेछ।

यहाँबाट प्राप्त भएको सिकाइ, अनुभव र माया मेरो आगामी सेवायात्राको आधार बन्ने छ, भन्ने विश्वास लिएको छु । यो बिदाई होइन, नयाँ यात्राको सुरुवात हो ।
बिदाइ कार्यक्रममा जिल्ला प्रहरीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) तथा अधिकृत र प्रहरी कर्मचारीहरूले उनको योगदानको उच्च प्रशंसा गर्दै सफल भविष्यका लागि शुभकामना व्यक्त गरेको छन् ।

निरीक्षक मिश्राले धनुषामा रहँदा सुरक्षा व्यवस्थापन, महिला तथा बालबालिका सम्बन्धी मुद्दा, र सामुदायिक–प्रहरी सम्बन्ध सुदृढीकरणमा उल्लेखनीय भूमिका निर्वाह गरेकी थिइन् ।
कार्यक्रमको अन्त्यमा उनलाई स्मृति चिन्ह प्रदान गर्दै औपचारिक रूपमा बिदाई गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी गराएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles