धवलागिरि चक्रीय पदमार्गमा ट्रेकिङकाे बेला हिडन भ्याली इलाकामा फसेका तीन बेलायती सहित १५ जना पर्यटकहरूलाई शुक्रबार नेपाली सेनाले उद्धार गरेकाे छ । मुस्ताङस्थित बतासेडाँडाबाट याकखर्क हुँदै जोमसोमस्थित नेपाली सेनाको व्यारेकमा सकुशल ल्याई प्रारम्भिक स्वास्थ्य परिक्षण गरिएको छ ।


