जिल्ला प्रहरी कार्यालय पर्साले हत्याका आरोपमा रहेको एकजनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले एक युवकलाई आफनै पत्नीलाई हत्या गरेको आरोपमा पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ ।
पर्सा प्रहरीले विरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौवाट हिजो बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी)सुदिप राज पाठकले जनाएका छन् । पक्राउ पर्नेमा जिल्ला पर्सा वीरगन्ज महानगरपालिका वडा नम्वर १७ का २५ वर्षिय साहजीद मियाँलाई पर्सा प्रहरीले पक्राउ गरेको हो । पर्साका उच्च अदालत वीरगन्जले १ वर्ष कैद र १० हजार जरिवाना गरेको मियाँलाई सजाय सुनाएको हुदा मियाँ फरार आरोपीको सुचीमा रहेका थिए । त्यसै गरी जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार एकजनालाई जिल्ला प्रहरी कार्यालय, पर्साले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुरले जिल्ला पर्सा वीरगंज महागरपालिका वडा नं १० रानीघाट बस्ने वर्ष ३९ को लालबाबु साहलाई पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ । ललितपुर जिल्ला अदालतबाट लागु औषध सम्बन्धी कसूर मुद्दामा २ वर्ष १ महिना कैद र रू। एक लाख पाँच हजार तोकिएका कसूरदार साह २०८२।०५।२४ गते जेनजी आन्दोलनका क्रममा नख्खु कारागार कार्यालय ललितपुरबाट फरार भएका थिए । फरारपछि आफनै गाउँघरमा लुकीछिपी बस्दै आएको सूचनाको आधारमा कात्तिक ११ गते सांझ ५ः३० बजे उनलाई घरबाट पक्राउ गरी सम्बन्धीत कारागार कार्यालयमा पठाइने जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी गराएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले कर्तव्य ज्यान मुद्दामा सँलगन रही लामो समयदेखि फरार एकजना आरोपीलाई पनि नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले बिहीबार वीरगन्ज महानगरपालिका वडा नम्वर २१ परवानीपुर बस्ने बर्ष २२ को भुटा भन्ने राजकुमार महतोलाई नियन्त्रणमा लिएको जनाएको छ ।
घटना २०८२ बैशाख १५ गते राती करिब ९ बजे वीरगन्ज महानगरपालिका वडा नम्वर २१ परवानीपुरमा भएको थियो । विवाहको जनती जान ढिलो भएको र नाचगान बन्द गर्ने विषयलाई लिएर भएको बिवादमा मनराज ठाकुरका समेतका व्यक्तीहरुले ३६ वर्षिय जँग बहादुर महतो भन्ने धर्मविर महतोलाई कुटपिट गरी हत्या गरेका थिए।
पक्राउ परेका राजकुमार महतोलाई जिल्ला प्रहरी कार्यालय पर्साको सादा पोसाकमा रहेको प्रहरीले वीरगन्ज महानगरपालिका वडा नम्वर १६ शँकर आचार्य गेटवाट नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ ।


