Saturday, November 1, 2025

आन्दोलनमा नर्सहरुमन्त्री शर्माले सम्पत्ति छानविन, अहिले कर छुट बन्द, सम्पत्ति सुद्धिकरणमा हालिदिन्छु भनेपछि:-

ताजा / भरखरै प्राप्त

शुक्रबार बेलुकी आन्दोलनरत नर्स लगायत सरोकारवाला पक्षको वार्ता विना निष्कर्ष टुंगिएको छ ।यद्यपी वार्ता सकारात्मक भएको र शनिबार बिहान सहमतिमा पुग्न सकिने जानकारी प्राप्त भएको छ । वार्तामा स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.शुधा शर्मा गौतम,सचिवद्धय डा. विकास देवकोटा, डिल्लीराम शर्मा निजी मेडिकल कलेजका सञ्चालक, निजी अस्पतालका सञ्चालक,नर्सिङ संघका प्रतिनिधीहरुको समेत सहभागिता रहेको थियो ।
वार्तामा स्वास्थ्य मन्त्री डा. शर्माले निजी स्वास्थ्य संस्थाका प्रतिनीधिहरुलाई जसरी पनि सरकारी सरह तलबभत्ता दिन दबाव दिनुभएको थियो ।
श्रोतका अनुसार मन्त्री शर्माले निजी मेडिकल कलेज तथा निजी अस्पतालका सञ्चालकहरुलाई जसरी पनि सरकारले तोकेको तलब भत्ता दिनैपर्छ भनेर दबाब दिनुभएको थियो । मन्त्रीजीले तिमीहरुलाई डुबाइदिन्छु,भनेर थर्काउनुभयो,बैठकमा सहभागि एक प्रतिनीधिका अनुसार तिमीहरुले मैले भनेको मान्नैपर्छ अन्यथा म अहिले प्रधानमन्त्रीकहाँ गएर सबै निजी स्वास्थ्य संस्थालाई डुबाइदिन्छु भन्नुभयो ।
वार्तामा सहभागि एक प्रतिनिधीका अनुसार मन्त्री शर्माले निजी स्वास्थ्य संस्थाका प्रतिनीधिलाई तिमीहरुको सम्पत्ति छानविन हुन्छ, अहिले कर छुट बन्द गरिदिन्छु, सम्पत्ति सुद्धिकरणमा हालिदिन्छु भन्दै धम्क्याउनुभएको थियो ।
यो सरकार जेनजी आन्दोलनबाट बनेको हो, तपाईहरुले राजनीतिक पार्टीको जस्तो नठान्नुस् । यो सरकारले जे भन्यो त्यहि हुन्छ भन्ने मन्त्रीको आशय थियो, वार्तामा सहभागि एक प्रतिनीधिले भन्नुभयो, “जवाफमा निजी स्वास्थ्य संस्थाका प्रतिनीधिहरुले तपाईले सकेको गर्नुस् भन्ने जवाफ दिएका थिए ।” निजी स्वास्थ्य संस्थाले सरकारी तलबको ८० प्रतिशत तलब नर्सलाई दिन तयार भएपनि मन्त्रीले शतप्रतिशत दिनुपर्छ भन्ने अडान लिनुभएको थियो ।
समाचार श्रोतका अनुसार निजी स्वास्थ्य संस्थाका प्रतिनीधिले नमानेपछि वार्ता भोली बिहान १० ः ३० बजेका लागि सरेको हो । स्वास्थ्य मन्त्री शर्माले शनिबार हुने वार्ता सचिवसंग गर्नु ,म जुनबेला पनि तिमीहरुसंग बस्न भ्याउँदिन भनेर निजी स्वास्थ्य संस्थाका प्रतिनीधिहरुलाई जानकारी गराउनुभएको थियो । स्वास्थ्य मन्त्री शर्माले सहमतिमा पुग्नका लागि राखेको प्रस्तावमा आन्दोलनरत नर्स, नर्सिङ संघका प्रतिनिधि लगायतले समर्थन जनाएपनि निजी स्वास्थ्य संस्थाका तर्फबाट सहभागी प्रतिनिधिले मानेका थिएनन ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले वार्ता सकारात्मक दिशामा अघि बढेको बताउनुभयो ।उहाँले वार्ता शनिबार १०ः३० बजे बस्ने गरी टुंगिएको जानकारी दिनुभयो ।
उहाँले वार्ता सकारात्मक रुपमा अघि बढेको भन्दै शनिबार सहमतिपत्रमा हस्ताक्षर हुने बताउनुभयो ।
यता निजी मेडिकल कलेजका सञ्चालकतर्फबाट वार्तामा सहभागि डा.ज्ञानेन्द्रमान सिंह कार्कीलाई सम्पर्क गर्दा उहाँ सम्पर्कमा आउन चाहनुभएन ।
नर्सिङ संघकी महासचिव डा. देवका आचार्यले वार्ता सकारात्मक भएको जानकारी दिदै सम्भवत शनिबार सफल हुने बताउनुभयो ।
सरकारी सरह तलव सुविधा माग गर्दै आन्दोलनमा उत्रिएका नर्सहरुको माग तत्काल सम्वोधन गर्न प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्यका अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय समिति गठन गर्नुभएको थियो ।
नव जनप्रहारबाट सभार ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles