Sunday, November 2, 2025

जेलबाट भागेका ४ हजार भन्दाबडी कैदीबन्दीको पासपोर्ट कालोसूचीमा:-

ताजा / भरखरै प्राप्त

गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनको मौका छोपेर जेलबाट भागेका कैदीहरुको पासपोर्ट कालोसूचीमा राखिएको छ । कारागारले जेल फिर्ता आउन अपिल गर्दा पनि नआएका ४ हजार ७ सय ९५ जना कैदीबन्दीको पासपोर्ट कालोसूचीमा राखिएको हो ।पासपोर्ट कालोसूचीमा राखिएका मध्ये ४ हजार २ सय २६ जना नेपाली नागरिक रहेका छन् भने ५ सय २९ जना भारतीय नागरिक रहेको अध्यागमन विभागले जनाएको छ ।
उक्त आन्दोलनका क्रममा देशभरका १४ हजार ५४९ जना कैदीबन्दी भागेका थिए । तीमध्ये ९ हजार ४५३ जना कारागारमा फर्किएको विभागले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles