रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका–८ विजयपुर चोक नजिकै चोरीको शङ्कास्पद मोटरसाइकल बिक्री गर्ने खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा चन्द्रनिगाहपुर नगरपालिका–८, बेतावना टोलका ३४ वर्षीय रामलाल पासवान र कटहरिया नगरपालिका–५, बलिरामपुर टोलका ४९ वर्षीय परमानन्द महतो उर्फ प्रेम महतो रहेका छन् । ईलाका प्रहरी कार्यालय लक्ष्मिनीया, विजयपुरका प्रमुख इन्स्पेक्टर सुरेन्द्र यादवको टोलीले आइतबार राति करिब साढे ८ बजेतिर दुई जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको जनाएको छ ।
रौतहट जिल्ला प्रहरी प्रमुख एसपी रबिन कार्कीका अनुसार, उनीहरू मधेस प्रदेश ०५–००१ प ०३९१ र बीआर ०६ सीएन ८८५२ नम्बरका दुई मोटरसाइकलमा आएका थिए र स्थानीयहरूसँग सवारी बिक्रीको लागि कुरा गरिरहेका थिए ।
शङ्का लागेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए ।
सूचना पाउने बित्तिकै प्रहरीको टोली घटनास्थल पुगेको थियो ।
विजयपुर चोकबाट करिब १०० मिटर पूर्व रमेश भट्टराईको घर नजिकै दुवै जनालाई मोटरसाइकलसहित प्रहरीले नियन्त्रणमा लिइएको छ ।


