Monday, November 24, 2025

राैतहटको राजदेवी नगरपालिकामा गए राति भैँसी चोरी:-

ताजा / भरखरै प्राप्त

रौतहट जिल्लाको राजदेवी नगरपालिका–३, चनडियामा गए राति एक घरधनीको भैँसी चोरी भएको जनाइएको छ । स्थानीय रामगुलम साहको गोठबाट राति करिब १ बजेपछि भैँसी चोरी भएको बताइन्छ ।

साहका अनुसार राति सबैकुरा सामान्य थियो, तर बिहान गोठमा भैँसी नरहेको साहले बताउँछन् ।

घटनाबारे संबन्धीत निकायको ध्यानाकर्षण हुन आवश्यक रहेको स्थानीयहरुको भनाइ रहेको छ, र यो कुनै पहिलो पटक भएको छैन । यहिले राजदेवी नगरपालिकामा चोरी, मारपीट लगायतका कुरीती बढेको स्थानीयहरुको भनाई रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles