Wednesday, November 5, 2025

सशस्त्र प्रहरीद्वारा सुमित कुमार र संजय कुमार साह पक्राउ:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी पर्साद्वारा कटुवा पेस्तोलसहित दुई जना युवक पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल,गण पर्साका मातहतमा रहेको प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको सशस्त्र प्रहरीका टोलीहरुले कटुवा पेस्तोलसहित दुई जना युवकलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल गुल्म बिरगंजले जनाएको छ । सशस्त्र प्रहरी पर्साका का अनुसार आज कात्तिक १९ गते अन्दाजी दिउँसो १२ बजेको समयमा नेपाल–भारत सीमाक्षेत्रमा संयुक्त गस्ती भइरहेको समयमा उक्त गस्तीका टोली र भारतीय सीमा सुरक्षा बल एसएसबी ४७ बटालियन, ए कम्पनी हेडक्वार्टर पन्टोका बाट एसी सचिन सिंहको कमाण्डमा खटिएको टोली नेपाल भारतको संयुक्त गस्तीका टोली खटेको थियो, नेपाल तर्फ सिमानामा लुकेर बसेका सुमित कुमार र संजय कुमारलाई पेस्तोलसहित नियन्त्रणमा लिएको हो ।

पेस्तोलसहित पक्राउ पर्नेमा जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका–५ कुमालटोल घर भएका १८ वर्षीय सुमित कुमार मण्डल र जिल्ला बारा, जितपुर–सिमरा उपमहानगरपालिका–७ बस्ने २८ वर्षीय संजय कुमार साह कलवार रहेको सशस्त्र प्रहरीले बताएका छन् । सशस्त्र प्रहरीका अनुसार उनीहरू झाडीमा लुकीछिपी बसेको अवस्थामा फेला परेको हो । पक्राउ परेका मध्ये संजय कुमार साह कलवार नशालु पदार्थ खाएको अवस्थामा रहेको कारण उनलाई उपचारका लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको सशस्त्रले बताउँछन् । बरामद गरिएको पेस्तोल र पक्राउ परेका दुबैजनालाई जिल्ला प्रहरी कार्यालय, पर्साको जिम्मामा लगाएको सशस्त्र प्रहरी बल नेपाल पर्साले जानकारी दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles