Sunday, February 1, 2026

पर्सा जिल्लाका नारायणी अस्पतालका नयाँ डाक्टर साहलाई स्वागत:-

ताजा / भरखरै प्राप्त

पर्साका नारायणी अस्पतालमा नव–नियुक्त निमित्त प्रमुख मेडिकल सुपरिन्टेन्डेण्ट डा. चितरञ्जन शाहलाई आज अस्पताल विकास समिति तर्फका कर्मचारीहरूले स्वागत गरेका छन् ।

बिरगंज कार्तिक २३ रियाज आलम नारायणी अस्पताल परिसरमा आयोजित विशेष कार्यक्रममा समितिका पदाधिकारी तथा अस्पतालका चिकित्सक, नर्स, प्राविधिक, प्रशासनिक कर्मचारीलगायतका उपस्थितिले डा. शाहलाई स्वागत गर्दै उहाँको सफल कार्यकालका लागि हार्दिक शुभकामना व्यक्त गरे ।
कार्यक्रममा बोल्दै डा. शाहले अस्पतालको सेवा–सुविधा सुधार, स्वच्छ प्रशासनिक प्रणालीको स्थापना तथा बिरामीमैत्री वातावरण निर्माण आफ्नो प्रमुख प्राथमिकता हुने बताउनुभयो । उहाँले अस्पताललाई प्रदेशकै नमुना स्वास्थ्य संस्था बनाउने लक्ष्यका साथ सबै पक्षको सहकार्य र समर्थन आवश्यक रहेको पनि उल्लेख गर्नुभयो ।
त्यस अवसरमा अस्पताल विकास समिति तर्फका प्रतिनिधिहरूले डा. शाहको नेतृत्वमा नारायणी अस्पतालले अझ व्यवस्थित र गुणस्तरीय सेवा विस्तार गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा अस्पतालका विभिन्न विभागका प्रमुख, चिकित्सक, स्वास्थ्यकर्मीहरु र नारायणी अस्पतालका कर्मचारीहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles