Sunday, November 23, 2025

प्रहरीद्वारा ठुलो मात्रामा लागु औषध गाँजा गाडीसहित बरामद:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरीले सुनसरी बर्जु गाउँपालिका वडा नम्बर ५, गोचाकामत टोलमा विशेष सूचना आधारमा खटिएको प्रहरी टोलीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय दुहवी र सितागंजको संयुक्त टोलीले बागमती प्रदेश–०१–०२७च ०२४० नम्बरको सेतो स्कार्पियो गाडीलाई पछ्याउँदा चालक फरार भएको थियो ।
गाडीको जाँच गर्दा कालो प्लास्टिकमा प्याक गरिएको अवस्थामा २५७.४५ केजी गाँजा फेला परेको प्रहरीले जनाएको छ । बरामद गाँजा सहित स्कार्पियो नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय दुहवीमा राखिएको छ भने फरार चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles