
जिल्ला प्रहरी पर्साको अनुरोध केहि दिन यता सामाजिक संञ्जाल मार्फत विभिन्न प्रतिष्ठित व्यपारिक प्रतिष्ठानहरुको बिल विजक नक्कली बनाई त्यस्ता विल विजक मार्फत विभिन्न व्यापारिक समुहबाट ठुलो मात्रामा सामानहरु ( सिमेन्ट, छड, मदिरा, मोटर पार्टस आदी ) खरिद गरि ठगि गर्ने गरिएको घटनाहरु आइरहेको हुँदा कुनै पनि व्यपारिक कारोवारहरु गर्दा एकिन भएपश्चात मात्र गर्नु हुन अनुरोध गरिन्छ ।
साथै, आधिकारिकत्ता विनाको कुनै सामानहरु खरिद नगर्न हुन अनुरोध गरिन्छ, अनेथा प्रचलित कानुन बमोजिम कार्बाही हुने व्यहोरा समेत अनुरोध गरेको छ ।


