
सशस्त्र प्रहरी पर्साले विभिन्न किसिमको भारतीय औषधि सहित एक जना युवा लाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी पर्साले जनाएको छ ।
सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगन्ज भन्सारले लाखौंको औषधि सहित एक युवकलाई नियन्त्रणमा लिएको जनाएको छ ।
मा रहेका टोलीले वीरगञ्ज–१६ इनर्वास्थित खेतको चोर वाटो हुँदै भारतबाट अवैध रूपमा टाउकोमा बोकी नेपाल तर्फ भित्र्याउने क्रममा औषधि सहित बाराका विश्रामपुर गाउँपालिका–४ बलिरामपुर बस्ने १८ वर्षीय हरिओमकुमार पासवानलाई नियन्त्रणमा लिएको डिएसपीको भनाई रहेको छ ।
पासवानलाई सीमा सुरक्षा गुल्म सशस्त्र प्रहरी नायब उपरीक्षक पुरुषोत्तम भण्डारीको कमान्डमा खटिएको टोलीले भारतवाट नेपालतर्फ ल्याउँदै गरेको ९ लाख ५८ हजार ९ सय १३ रुपैयाँ बराबरको भारतीय औषधि सहित पासवानलाई पक्राउ गरेको सशस्त्रका डिएसपीले बताउँछन् ।
सशस्त्र प्रहरी पर्सा को पुरानो परम्परा ९०,००० हजारको तस्करी का समान पक्राउ गरेको छ,भने, ९०००००, लाखको, मिडिया बाजी गराउने परम्परा चलिआई रहेको छ।
जनता मुल्यांकन गर्नु होला एक जना १८ वर्षका युवाले ९ लाख ५८ हजार ९ सय १३ रुपैयाँको तस्करी को समान त्यो पनि टाउकोमा कसरी बोकेर ल्याउन सक्छ, सकिन्छ, सकिन्न । त्यसै मईंले भनेको र पटकपटक लेखेको छैन, सशस्त्र प्रहरी पर्साको छुट्टाछुट्टै पत्रकार छन् ।
सशस्त्र प्रहरीले पक्राउ गरेका पासवानलाई औषधिसहित आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी १३ नम्वर गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) विश्वराज योञ्जनले पनि बताएका छन् ।


